कसैले पनि लाेकतन्त्रकाे विकल्प नसोचे हुन्छ : देउवा

 पुस १६, २०८० सोमबार १७:१२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ ।

मेलमिलाप दिवसकाे अवसरमा पार्टीले आज सोमवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र मात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न चेतावनी दिनुभयो । उहाँले नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । एकअर्काप्रति कडा प्रतिस्पर्धाका बीच नेपालमा राजनीतिक दलहरूबीच मेलमिलाप र एकता हुनु राम्रो पक्ष भएको उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘अनेक किसिमका बहाना खोज्नेहरू लोकतन्त्र, गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास गरिरहेका छन् । लोकतन्त्रको विकल्प भनेकै सुदृढ लोकतन्त्र हो । यसको विकल्प छैन । कसैले पनि लाेकतन्त्रकाे विकल्प नसोचे हुन्छ, सबै एक हुनुपर्छ ।’

सभापति देउवाले सबै मिलेर एकता कायम गरी देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया