च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा डर्टमन्डको अग्रता
बैशाख २०, २०८१ बिहिबार
कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा पनि न्याय नपाएको भन्दै निर्मलाको परिवारले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।
घटना भएको एक सय ९ दिन बितिसक्दा पनि सरकारले दोषीलाई पत्ता नलगाएको भन्दै पीडित परिवारले आइतबारबाट जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना सुरु गरेका हुन् ।
‘सरकारले लामो समयदेखि न्याय दिन्छु’ भनेपनि अहिलेसम्म हत्यारा पत्ता नलगाएकाले आफूहरु फेरि आन्दोलनमा उत्रिनुपरेको निर्मलाका बुवा यज्ञराज पन्तले बताउनुभयो । उहाँले छोरीको हत्या भएको ४ महिना पुग्दा पनि हत्यारा पत्ता नलागेकाले सरकारलेलाई दवाव दिन जिल्ला प्रशासनको गेट अगाडि धर्नामा बस्नु परेको बताउनुभयो ।
‘सरकारले न्याय दिन्छु भनेको धेरै भयो । तर अहिलेसम्म अपराधि को हो ? भन्ने टुंगो छैन्’, यज्ञराले भन्नुभयो, ‘कहिलेसम्म आश गरेर बस्ने ?, त्यसले सरकारलाई दवाव दिन अनिश्चितकालीन धर्नामा सुरु गरेका छौं ।’
उहाँले धर्ना बस्दा पनि राज्यबाट न्याय नपाए आफूहरु अनसन बस्न बाध्य हुने चेतावनी दिनुभयो । ‘अहिलेलाई दिन रात गरेर अनिश्चितकालीन धर्ना छ’, उहाँले भन्नुभयो ‘यति गरेर पनि सुनुवाई भएन भने अनसन आफै बस्छु ।’
निर्मलाका आमाबुबा, परिवारका अन्य सदस्य र नागरिक संघर्ष समितिका सदस्यहरुसहित मदनचोकबाट निस्किएको ¥याली जिल्ला प्रशासनको गेट अगाडि पुगेर धर्नामा परिणत भएको थियो ।
यसअघि, कार्तिक १८ गते भिमदत्त नगरपालिका २ उल्टाखामस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै निर्मलाको परिवारले सरकारले तिहारसम्म अपराधि पत्ता नलगाए चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।