केकमा गाँजा मिसाएर बेचेकाे आराेपमा एक जना पक्राउ

 पुस २२, २०८० आइतबार १८:५६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – केकमा गाँजा मिसाएर बेचेको आरोपमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डाै महानगरपालिका वडा नम्बर १९ घट्टेकुलो बस्ने २६ वर्षका विशन मानन्धरलाई पक्राउ गरेको ब्युराेका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिनुभयो ।

इन्स्टाग्राममा अकाउन्ट बनाई त्यसमार्फत प्रचार गरेर गाँजा मिसाएको केक बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा मान्नधरलाई घरबाटै पक्राउ गरेको एसपी जाेशीले बताउनुभयो ।

मानन्धरको कोठाबाट प्रहरीले एक सय २१ ग्राम गाँजाको धुलो, तयारी अवस्थाको केकको झोल, तीन किलो सात सय ५४ ग्राम गाँजा लगायत बरामद गरेको छ । उनले आफ्नो घरमा एक वर्षदेखि गाँजा मिसाएका केक बनाएर अनलाइन डेलिभरी गर्ने गरेको एसपी जोशीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया