परम्परागत शिक्षालाई आधुनिक शिक्षामा बदल्न म मन्त्री भएको हो : शिक्षा मन्त्री पोखरेल

 कात्तिक २५, २०७५ आइतबार १८:५५:२७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी  – शिक्षा, विज्ञान प्रविधि तथा तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिले शिक्षामा आधुनिक विकासको आवश्यकता रहेको बताउनुभएको छ ।

शिक्षामा आधुनिकता ल्याउनकै लागि आफू शिक्षमन्त्री भएको मन्त्री पोखरेलको भनाई थियो । महोत्तरीको गौशालामा रहेको रुपान्तर मिडियाले आयोजना गरेको छठ तथा समाचकेवा पर्वको अवसरमा आयोजित ‘आम मानिस, राज्य र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेलले पुरानो र परम्परागत शिक्षालाई गुणस्तरीय शिक्षामा रुपान्तरण गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको औल्याउनुभयो ।

परम्परागत शिक्षालाई निरन्तरता दिन आफू नआएको भन्दै उहाँले बरु शिक्षामा आधुनिक विकासका निमित्त आएको बताएका छन् । अहिले नेपालबाट भारत अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्यालाई रोक्न पहुँचको आधारमा नभई गुणस्तरीय शिक्षाको आधारम शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

महोत्तरीको गौशलालाई शैक्षिक केन्द्रको हबको रुपमा विकास गर्ने उहाँले आश्वासन दिनुभयो । मन्त्री पोखरेलले संघीयताको नयाँ संरचनामा काम गर्न कठिनाई भइरहेको बताउनुभयो । ‘मन्त्रीकै रुपमा काम गर्दा म सन्तुष्ट छैन, तथापी संघीयताको नयाँ अभ्यासमा पूर्वाधार नभएको अवस्थालाई ध्वस्त हुनबाट जोगाउन अहिलेको प्रमुख आवश्यकता रहेको छ ।’

उहाँले प्रदेश मुख्यमन्त्री तथा स्थानीय सरकारको उपस्थितिमा शिक्षा नीति बनाउने तयारी गरेको जानकारी गराउनुभयो । उहाँले नयाँ प्रणालीको अभ्याससँगै आवश्यकता अनुसार शिक्षामा परिवर्तन गरिने बताउनुभयो ।

विकासका लागि अनुकुल वातावरण, टिम र सञ्जाल भए मात्र विकास सम्भव रहेकोले उपयुक्त वातावरणमा विकास लागि अपरिहार्य रहेको उहाँको भनाई थियो ।अन्तरक्रियामा राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल, प्रतिनिधिसभा सदस्य दीलकुमारी साह, प्रदेशसभा सदस्यहरु शरदा थापा, भरत साह, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो, रामगोपालपुरका नगरप्रमुख अशोककुमार मण्डल, विभिन्न नगरका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया