प्रियंका चोपडा र निक जोनसको विवाहको तस्बिर १८ करोड रुपैयाँमा बिक्री हुने

 कात्तिक २६, २०७५ सोमबार ९:२६:४९ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको तस्बिर प्रकाशन गर्न १८ करोड रुपैयाँमा अन्तर्राष्ट्रिय म्यागजिनसँग सम्झौता हस्ताक्षर भएको छ ।

पछिल्लो समय उनीहरुको विवाहको चर्चा भारतीय सञ्चारमाध्यममा बढीरहेको छ । चलचित्रसम्बन्धी खबर प्रकाशित गर्ने वेबसाइट फिल्मफेयरका अनुसार प्रियंका र निकको विवाहको तस्बिर प्रकाशनका लागि एक अन्तर्राष्ट्रिय म्यागजिनसँग २५ लाख डलर अर्थात् १८ करोड भारतीय रुपैयाँमा सम्झौता हस्ताक्षर भएको छ ।

खबरका अनुसार यो हाइप्रोफाइल विवाहको तस्बिर प्रकाशित गर्नका लागि प्रकाशकहरु समावेश भएका थिए । मिडिया रिपोर्टले जनाए अनुसार प्रियंका र निकको विवाहको तस्बिर प्रकाशन गर्ने म्यागजिनको नाम खुलाइएको छैन ।

उनीहरुको विवाह अर्को महिना राजस्थानको जोधपुरमा हुने तय भएको छ । विवाह जोधपुरको उम्मेद भवनमा हुनेछ । विवाह समारोह ३० नोभेम्बरदेखि २ डिसेम्बरसम्म चल्नेछ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया