शेयर बजार आज पनि घट्याे, ८ अर्बकाे काराेबार हुँदा हिमालयन रिइन्सुरेन्सकाे ३० लाख कित्ता किनबेच

 माघ ४, २०८० बिहिबार १५:२२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २४ अङ्कले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेको छ ।

आज फाइनान्स, हाइड्रोपावर र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज तेह्रथुम पावर कम्पनीको शेयर सबैभन्दा धेरै ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त र गणपति लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज २ करोड ११ लाख कित्ता शेयर ८ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ३० लाख कित्ता शेयर १ अर्ब ८४ करोड रुपैयाँमा किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया