वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई व्यवसाय सुरु गर्न १० लाख दिने प्रकृया सुरु

 कात्तिक २६, २०७५ सोमबार ११:४१:१६ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई नेपालमा व्यवसाय सुरु गर्न कर्जा दिने प्रक्रिया सुरु गरेको छ । 

आर्थिक वर्ष २०७५/७६ को बजेटमा व्यवस्था गरे अनुसार वैदेशिक रोजगारीमा गएकाहरुलाई त्यहाँ सिकेको सीप अनुसारको काम नेपालमा गर्न १० लाख रुपैयाँ दिने प्रकृया सुरु गरेको हो । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ कार्यान्वयनमा आएपछि प्रक्रिया सुरु भएको हो । 

कर्जाका लागि नेपाल राष्ट्र बैंकले आफ्नो नजिकैको शाखाबाट सुविधा लिन सेवाग्राहीलाई आग्रह गरेको छ । यस्तै सेवा उपलब्ध गराउन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ । 

कार्यविधिमा विदेशबाट फर्केका युवाहरुलाई उनीहरुसँग भएको सीपसँग सम्वन्धित व्यवसाय सञ्चालन गर्न परियोजना धितो लिएर सम्वन्धित बैंक तथा वित्तिय संस्थाले वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना अन्तर्गत कर्जा दिनेछन् । 

श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्वन्धित तालिम वा पेशा वा व्यवसाय वा क्षेत्रमा काम गरी स्वदेश फर्केको व्यक्तिले यस्तो कर्जा लिन सक्ने कार्यविधिमा उल्लेख छ । 

यस्तो कर्जा लिन राहदानी, भिसाको प्रतिलिपि तथा श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाको हकमा त्यसको प्रतिलिपि, आफू ६ महिना कुनै देशमा सम्वन्धित तालिम, पेशा व्यवसाय, क्षेत्रमा काम गरेको कागजात र कुनै पनि देशको स्थायी बसोवास स्वीकृति नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dhanlal pakhrin

    Nov. 17, 2018, 12:28 p.m.

    म पनि व्यवसाय गर्न चाहन्छु/

  •  0 Reply

तपाईको प्रतिक्रिया