अमेरिकी डलरको भाउ घट्यो, युरोको बढ्यो

 माघ ५, २०८० शुक्रबार १२:१८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी डलरको भाउ हिजोको तुलनामा आज घटेको छ ।

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १ सय ३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो बिहीवार एक अमेरिकी डलरको बिक्रीदर १ सय ३३ रुपैयाँ ३३ पैसा र खरिददर १ सय ३२ रुपैयाँ ७३ पैसा रहेको थियो ।

यस्तै, युरोको भाउ भने बढेको छ । आज एक युरोको खरिददर १ सय ४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै, एक पाउन्ड स्टर्लिङको खरिद मूल्य १ सय ६८ रुपैयाँ ४२ पैसा र बिक्री मूल्य १ सय ६९ रुपैयाँ १८ पैसा रहेको छ ।  राष्ट्र बैंकले अष्ट्रेलियन एक डलरको खरिद मूल्य ८७ रुपैयाँ १८ पैसा र विनीमय दर ८७ रुपैयाँ ५८ पैसा तोकेको छ ।

आज कतारी रियालको खरिददर तथा बिक्रीदरमा भने घटबढ भएको छैन । कतारको एक रियालको ३६ रुपैयाँ ४० पैसा, बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ भने एक साउदी अरेबियन रियालको ३५ रुपैयाँ ३८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ५४ पैसा रहेको छ ।

कुबेती एक दिनारको खरिददर ४ सय ३३ रुपैयाँ १६ पैसा रहेको छ भने विनीमयदर ४ सय ३३ रुपैयाँ दुई पैसा रहेको छ । कुबेती एक दिनारको खरिददर ४ सय ३१ रुपैयाँ ७ पैसा रहेको थियो भने विनीमय दर ४ सय ३३ रुपैयाँ दुई पैसा रहेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया