६ महिनामै ५ हजारभन्दा धेरै विद्युतीय गाडी भित्रिए, सबैभन्दा धेरै चीनका

 माघ ७, २०८० आइतबार १५:२९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा विद्युतीय गाडीको आयात ३ गुणाले बढेको तथ्याङ्कले देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १२ अर्ब ७३ करोड रुपैयाँका ५ हजार १ सय वटा विद्युतीय गाडी आयात भएका छन् ।

यो गएको आर्थिक वर्षको ६ महिनाको तुलनामा झन्डै ३ गुणाले धेरै हो । गएको वर्षको ६ महिनामा ४ अर्ब ५२ करोड रुपैयाँका १७ सय ४९ थान विद्युतीय गाडी आयात भएका थिए ।

सरकारले विद्युतीय गाडी आयात र प्रयोगमा प्रोत्साहन गरेपछि आयात निकै बढेको हो । यो वर्ष पुस महिनामा मात्रै १४ सय २१ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ ।

विद्युतीय गाडी सबैभन्दा धेरै चीनबाट आयात हुने गरेका छन् । चीनबाट बीवाईडी, एमजी, ग्रेटवाल लगायत ब्रान्डका ३ हजार १ सय २५ वटा विद्युतीय गाडी भित्रिएका छन् । यस्तै भारतबाट टाटा, सिट्रोन, हुन्डाई लगायत ब्रान्डका १९ सय २२ वटा विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ ।

यस्तै कोरिया, जर्मनी, इन्डोनेसिया, अमेरिका लगायतका देशबाट पनि गाडी आयात भएका छन् । गएको आर्थिक वर्षभरि जम्मा ४ हजार ५० वटा विद्युतीय गाडीको आयात भएकोमा अहिले ६ महिनामै ५१ सय वटा गाडी आयात भएका छन् । यसले नेपालमा विद्युतीय गाडीको प्रयोग तीव्र गतिमा बढेको देखाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया