लगातार चाैथाे दिन शेयर बजार घट्याे, ६ अर्ब ३६ करोड रुपैयाँकाे काराेबार

 माघ ८, २०८० सोमबार १६:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार चौथो दिन आज पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४९ अङ्कले घटेर २ हजार ९८ दशमलव ६९ विन्दुमा झरेको छ ।

आज व्यापारबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै दोर्दी जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ८ प्रतिशत र हिमालयन लघुवित्तको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज अपर साङ्गे जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत र मध्य सोलु जलविद्युत् कम्पनीको शेयर साढे ९ प्रतिशतले बढेको छ ।

आज १ करोड ८० लाख कित्ता शेयर ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया