अफगानिस्तानको केन्द्रीय बैङ्कले एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्दै

 माघ १४, २०८० आइतबार ६:३५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अफगानिस्तानको केन्द्रीय बैङ्कले आज एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्दैछ । राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न अमेरिकी डलर लिलामी गर्न लागेको बैङ्क द अफगानिस्तानलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

बैङ्कले निकालेको विज्ञप्तिमा अमेरिकी डलरको तुलनामा अफगानिस्तानको मुद्रा पछिल्ला दुई हप्ताहरूमा निकै खस्किरहेको छ । गएको हप्ता एक अमेरिकी डलरको विनिमयदर ६९ दशमलव ९ अफगानी थियो भने हिजो स्थानीय विनिमय बजारमा ७३ दशमलव ४ अफगानी पुग्यो ।

डलरको तुलनामा आफ्नो मुद्रा कमजोर हुँदै गएपछि अफगानिस्तानको केन्द्रीय बैङ्कले आफ्नो मुद्राको अवमूल्यन रोक्न बितेका केही महिनामा विनिमय बजारहरूमा लाखौँ अमेरिकी डलर प्रवेश गराएको छ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया