विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजको यात्रा शुरु

 माघ १४, २०८० आइतबार ९:१४:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजले आफ्नो पहिलो यात्रा शुरु गरेको छ । अमेरिकाको फ्लोरिडामा पर्ने मियामीबाट जहाजले सात दिने यात्रा शुरु गरेको बीबीसीले जनाएको छ । रोयल क्यारिबियन समूहको स्वामित्वमा रहेको तीन सय ६५ मिटर लामो जहाजमा सात हजार ६ सय यात्रु बस्न सक्छन् ।

दुई अर्ब अमेरिकी डलर लागतमा निर्माण सम्पन्न भएको २० तले पानी जहाजमा सात वटा स्विमिङ पुल, ६ वटा वाटरस्लाइड तथा ४० भन्दा धेरै रेष्टुरेन्ट तथा बारहरु रहेका छन् । वातावरणविद्हरूले भने तरल प्राकृतिक ग्यासबाट चल्ने जहाजले हानिकारक मिथेन ग्यास हावामा चुहावट गर्ने चेतावनी दिएका छन् ।

मिथेन ग्यासले कार्वनडाइअक्साइडको तुलनामा ८० गुणा बढी तापक्रम समात्छ । त्यसैले पृथ्वीको बढ्दो तापक्रमलाई नियन्त्रण गर्न मिथेन ग्यासको उत्सर्जन कटौती गर्नुपर्ने वातावरणविद्हरुको भनाइ छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया