बेलायतमा क्यान्सरको नयाँ औषधिको प्रयोग, केमोथेरापीभन्दा कम पीडादायक हुने दाबी

 माघ १५, २०८० सोमबार ६:५६:१२ | एजेन्सी
unn.prixa.net

बेलायतमा क्यान्सर पीडित बालबालिकालाई केमोथेरापीको सट्टा नयाँ औषधिको प्रयोग गरेर उपचार गर्न थालिएको छ। बेलायतको आरमन्ड स्ट्रिट अस्पतालमा उपचाररत ११ वर्षीय क्यान्सर पीडित आर्थरकाे  नयाँ पद्धतिबाट उपचार भइरहेको छ ।

क्यान्सरको नयाँ उपचार पद्धतिअनुसार औषधिजन्य झोला अर्थात् ‘ब्लीना ब्याकप्याक’ बिरामीले पिठ्युँमा बोकेर हिँड्डुल गर्न सक्नेछन् ।  यसका लागि अस्पताल जानु नपर्ने अनुसन्धानकर्ताले बताएका छन् । केमोथेरापीले ठिक नभएका तर त्यसको असरले कमजोर भएका बिरामी आर्थरलाई नयाँ उपचार पद्धति ‘ब्लीना ब्याकप्याक’ दिन थालिएको हो ।

वयस्कहरुकाे भने यसअघि नै यो पद्धतिबाट उपचार हुन थालिसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । तर बालबालिकाका लागि यो उपचार बढी प्रभावकारी र उपयुक्त रहेको विज्ञले बताएका छन् । नयाँ औषधि इम्युनोथेरापीमा आधारित छ । यसले क्यान्सर भएका कोशिकाको पहिचान गर्छ र शरीरमा रहेको प्रतिरोधात्मक क्षमताले त्यसलाई नष्ट गर्छ ।

यसले स्वस्थ कोशिकालाई असर पुर्याउँदैन । तर, केमोथेरापीले शरीरका स्वस्थ कोशिकाको पनि नष्ट गर्ने खबरमा उल्लेख छ। 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया