युक्रेनमा सेनाले हतियार किन्दा ४ करोड डलर भ्रष्टाचार भएको खुलासा, पाँच जना पक्राउ

 माघ १५, २०८० सोमबार १८:३८:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – युक्रेनको सुरक्षा सेवाले सेनाले हतियार खरिद गर्दा ४ करोड डलर भ्रष्टाचार भएको खुलासा गरेको बताएको छ । भ्रष्टाचारको आरोपमा रक्षा मन्त्रालयका पाँच जना वरिष्ठ व्यक्ति र एक जना हतियार आपूर्तिकर्तामाथि अनुसन्धान भइरहेको सुरक्षा सेवाले बताएको छ ।

सन् २०२२ मा १ लाख वटा मोर्टार गोलाहरूको लागि भएको सम्झौतामा अग्रिम भुक्तानी गरिएको थियो, केही रकम विदेशमा स्थानान्तरण गरिएको थियो । तर निकै कम मात्रामा हतियार भित्रिएको सुरक्षा सेवाले जनाएको छ । एक जना आरोपीलाई युक्रेन छाड्दै गर्दा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

अर्को एक ठूलो भ्रष्टाचारको काण्डमा गएको अगस्टमा राष्ट्रपति भोलोदोमिर जेलेनेन्सीकले कयौँ व्यक्तिलाई पदबाट हटाउनु भएको थियो । भ्रष्टाचारका मुद्दाहरूले युक्रेनलाई वर्षौंदेखि सताउँदै आएका छन् । भ्रष्टाचारकै कारण युरोपेली संघमा आवद्ध हुने युक्रेनको योजना पछाडि धकेलिँदै आएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलकाे २०२२ को भ्रष्टाचार धारणा सूचकाङ्कमा युक्रेन १८० देशहरूमध्ये ११६ औँ स्थानमा रहेको बताएको थियो । भ्रष्टाचारको हिसाबमा लगातार उकालो लाग्ने देशहरुमा युक्रेन एक हो । पछिल्लो एक दशकमा युक्रेन भ्रष्टाचार बढी हुने देशको २८ स्थान माथि उक्लिसकेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया