दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा ५२ जनाको ज्यान गयो

 माघ १६, २०८० मंगलबार ९:३२:५३ | एजेन्सी
unn.prixa.net

दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा रहेका एक सदस्यसहित ५२ जनाको ज्यान गएको छ । आक्रमणमा अरु ६४ जना घाइते भएका छन् ।

सुडानको वारेप राज्यका हतियारधारी समूहले छिमेकी दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण गरेका अबेईका सरकारी अधिकारीलाई उद्धृत गरी रोयटर्सले जनाएको छ। जग्गाका  कारण विवाद बढ्दै जाँदा आक्रमणको घटना भएको खबरमा उल्लेख छ ।

दक्षिण सुडान र सुडान दुवैले अबेईमाथि अधिकार दाबी गर्छन् । सन् २०११ मा दुई देशबीच विभाजन भएयता यस क्षेत्रको विवाद अझै समाधान हुन सकेको छैन । अबेई क्षेत्रमा खटिएको संयुक्त राष्ट्र सङ्घीय सुरक्षा बलले अस्ति भएको आक्रमणमा घानाका एक जना शान्ति सेनाको ज्यान गएको जनाएको छ ।

साम्प्रदायिक दङ्गा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर यो आक्रमणमा नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया