पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षकाे कैद सजाय

 माघ १६, २०८० मंगलबार १५:२३:४८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ ।

अदालतको यो फैसलाले इमरान खानलाई ठूलो झट्का लागेको छ । पाकिस्तानमा आउँदो फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ । इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ई–इन्साफ (पीटीआई) ले विशेष अदालतलको फैसलालाई लिएर उच्च अदालतमा अपिल गर्ने बताएको छ ।

इमरान खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ढाल्ने अमेरिकी षड्यन्त्र भएको दाबी गर्नुभएकाे थियाे । विश्वासको मत पाउन नसकेपछि उहाँ सन् २०२२ मा उहाँ पदबाट हट्नुपरेको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया