३ सय ६० वर्षदेखि मानिसलाई सताइरहेको चिलाउने रोगको औषधिको अन्तिम परीक्षण पूरा

 माघ १९, २०८० शुक्रबार १८:३१:४३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

झन्डै छ हप्तासम्म शरीर चिलाएर मानिसहरूलाई अत्यन्तै दुःख दिने चिलाउने रोगको औषधिको तेस्रो चरणको परीक्षण पूरा भएको छ ।

रोगबारे तीन सय ६० वर्षअघि नै थाहा भए पनि औषधि पत्ता नलागेकोमा अब औषधिले काम गर्ने आशा बढेको अमेरिकाको वाशिङ्टन विश्वविद्यालयका वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् २०१७ देखि नै औषधिको विकास गर्न लागेका डा. ब्रायन किमसहितको टोलीले गरेको अहिलेसम्मको परीक्षणबाट ६० प्रतिशत बिरामीलाई अ‍ैषधिले काम गरेको हो । चिलाउने रोगको मुख्य कारण मेरुदण्डमा रहेका कोषिका रहेको सन् २००७ मा वाशिङ्टन विश्वविद्यालयले नै गरेको अध्ययनले देखाएको थियो ।

अरूलाई नसर्ने र मेडिकल साइन्सले गम्भीर नमानेको चिलाउने रोग लागेपछि झन्डै छ हप्तासम्म मानिसलाई सताउँछ । शरीरमा गाँठाहरू पनि देखिने यो रोग लाग्दा कन्याइरहन मन लाग्छ । अरू गम्भीर रोग लागेर धेरै दुख्दा पनि १० जना बिरामीमध्ये छ जना निदाउन सक्छन् तर रोग लागेका मानिस निदाउनै सक्दैनन् ।

अमेरिकी नेशनल अर्गनाइजेशन अफ रेयर डिसअर्डर (एनओआरडी) को तथ्याङ्कअनुसार यो रोग विश्वमा प्रति एक लाख मानिसमा २२ देखि ७२ जनामा हुने गरेको छ । यो रोगले धेरैजसो ४० देखि ६९ वर्षका मानिसलाई सताउने गरेको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया