सोलुखुम्बुमा जापानी नागरिकको ज्यान गयो

 कात्तिक २७, २०७५ मंगलबार १८:२०:५५ | सुवास दर्नाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा एक पर्यटको ज्यान गएको छ ।

मंगलबार बिहान १० बजेर २० मिनेटमा ६३ वर्षीया हिरो युकी योसीजाकी नाम गरेका जापानी नागरिकको ज्यान गएको हो । लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा उहाँको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उहाँको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर ५ गोरक्षमा रहेको एभरेष्ट इन होटलको डाइनिङ हलमा ज्यान गएको सहाय प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले जानकारी दिनुभयो ।

आइतबार मात्र खुम्बु पासङल्हामु गाउँपालिका–४, दिङबोचेमा ४३ वर्षीय मलेसियन नागरिक वङ वेनडीको ज्यान गएकोे थियो भने सोमबार सोही गाउँपालिकाको चुकुम्री भन्ने स्थानमा ६० वर्षीय फ्रान्सेली नागरिक भेरानिक जुलिडरको लडेर ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया