विश्वभर हैजाविरुद्धको खोपको अभाव, गम्भीर अवस्था आउन सक्ने डब्ल्यूचओको चेतावनी

 फागुन ८, २०८० मंगलबार १६:४:९ | एजेन्सी
unn.prixa.net

विश्वभर हैजाविरुद्धको खोपको अभाव भएको छ । संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले हैजाविरुद्धकाे खोपको विश्वव्यापी आपत्कालीन भण्डारसमेत खाली हुन लागेको चेतावनी दिएका समाचार संस्था रोयटर्सले जनाएको छ । बाँकी रहेको खोप अहिले हैजाको प्रकोपसँग लडिरहेका देशहरूलाई छुट्याइएकोले अब ठूलो समस्या निम्तन सक्ने संयुक्त राष्ट्र सङ्घको चेतावनी छ ।

विश्वव्यापीरूपमा हैजाका बिरामी बढ्दै जाँदा माग झनै बढ्ने अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का हैजा प्रमुख फिलिप बार्बोजाले अहिले खोपका भण्डारहरू खाली रहेकाले निकट भविष्यमा ठूलो चुनौती आइपर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

अहिले डब्ल्यूएचओको मान्यता प्राप्त एक मात्रै कोरियाली कम्पनी युबियोजोलिक्सले हैजाविरुद्धको खोप उत्पादन गरिरहेको छ । यसले मासिक जम्मा २५ लाख र वार्षिक तीन करोड मात्रा खोप उत्पादन गर्दछ । सामान्यतया वार्षिक चार करोड मात्रा खोपको माग हुने गरेकोमा यो वर्ष १० करोड मात्रा माग पुग्ने अनुमान छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया