शेयर बजार झण्डै २१ अङ्कले घट्यो, तीन अर्ब २० करोड रुपैयाँको कारोबार

 फागुन १०, २०८० बिहिबार १६:२१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार आज पनि घटेको छ । पछिल्लो पाँच दिनदेखि शेयर बजार ओरालो यात्रामा छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ७६ अङ्कले घटेर दुई हजार ५ दशमलव ८३ विन्दुमा झरेको छ । फाइनान्स र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरु सबै समूहको शेयर घटेको छ ।

आज सबैभन्दा धेरै हिमालय उर्जा विकास कम्पनीको शेयर साढे सात प्रतिशत र बाराही हाइड्रोपावर कम्पनीको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेकोे दिन आज समाज लघुवित्तको शेयर १० प्रतिशत तथा जोशी हाइड्रो र साम्लिङ पावर कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । आज ९५ लाख १८ हजार कित्ता शेयर तीन अर्ब २० करोड ६१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया