नेपाल ए सँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला क्यानडा–११ ले जित्यो

 फागुन १०, २०८० बिहिबार १६:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल ए सँगको तीन खेलको एक दिवसीय क्रिकेट शृङ्खला क्यानडा–११ ले जितेको छ । तेस्रो तथा निर्णायक अभ्यास खेलमा आज नेपाललाई ४ विकेटले हराएर २–१ ले क्यानडाले शृङखला जितेको हो। मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर पाँच बलमा ६ विकेट गुमाएर भेटायो । उसका लागि निकोलस किर्तनले सर्वाधिक ५८ रन बनाए ।

बलिङतर्फ नेपालका शहाब आलमले ४ विकेट लिए । यसअघि मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभरमा अलआउट हुँदै १ सय ८१ रन बनायो । नेपालका लागि आसुतोष घिरैयाले २८, अर्जुन कुमालले २७ र बशिर अहमदले २५ रन बनाए ।

क्यानडा ११ का लागि निकोलस किर्तन, डिलोन हेलिगर र हर्ष ठाकेरले २/२ विकेट लिए । पहिलो खेल क्यानडाले जितेको थियो भने दोस्रो खेलमा नेपाल विजयी भएको थियो । एकदिवसीय क्रिकेट खेल्न नेपाल आएको क्यानडाले नेपालसँगको शृङ्खला ३–० ले गुमाएको थियो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया