आज देशभर मौसम सफा, भोलिदेखि तीन दिन आंशिक बदली तथा छिटपुट वर्षाको सम्भावना

 फागुन १२, २०८० शनिबार ९:१९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, आज बेलुकादेखि फेरि पश्चिमी वायुको प्रभाव देखिने र त्यसले देशभर मौसम आंशिक बदलीदेखि छिटपुट वर्षा हुनसक्ने मौसमविद्को भनाइ छ ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारण बदली हुनेछ । त्यस्तै बाँकी भूभागमा भने मौसम सफा रहने मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक,दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा थोरै ठाउँ तथा कोशी र बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले बिहानीपख तराई, मधेशमा हुस्सु लागेको भए पनि दिउँसो १२ बजेसम्ममा हटिसक्ने पनि महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया