आईपीएल क्रिकेटमा राजस्थान र दिल्लीको जीत

 बैशाख १६, २०८१ आइतबार ७:१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई हराउँदै अङ्क दुरी बढाएको छ । गएराति भएको खेलमा राजस्थानले लखनउलाई सात विकेटले हरायो ।

लखनउले दिएको एक सय ९७ रनको लक्ष्य राजस्थानले १९ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानका कप्तान सञ्जु स्यामसन ७१ रन बनाउँदै अविजित रहे । त्यसअघि लखनऊमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । लखनऊका कप्तान केएल राहुलले ७६ रन बनाए ।

जितपछि राजस्थान नौ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ । लखनऊ नौ खेलमा १० अङ्कसहित चौथोमा छ । त्यसअघि हिजो भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १० रनले हराएको छ । दिल्लीले दिएको दुई सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर दुई सय ४७ रन मात्रै बनाउन सक्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ५७ रन बनाएको थियो । जितसँगै १० खेलबाट १० अङ्क जोडेको दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । नौ खेलमा मुम्बई छ अङ्कसहित नवौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने खेलमा गुजरात टाईटन्स र रोयल च्यालेन्जर्स बैंगलूरु (आरसीबी) तथा बेलुका पौने ८ बजे चेन्नई सुपर किङ्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया