ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘शिक्षामा सीप’ चित्रकला प्रदशर्नी

 फागुन १२, २०८० शनिबार १०:२५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाण्डौ महानगरपालिका शिक्षा विभागबीच ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत विद्यार्थीले बनाएका चित्रकलाको काठमाण्डौमा प्रदर्शनी गरिएको छ।

महानगरभित्रका विद्यालयमा गर्ने कार्यक्रमका लागि भएको सम्झौताअनुसार स्केच र मूर्तिकला सीप प्रदान गरी हिजो कन्या मन्दिर माध्यमिक विद्यालय क्षेत्रपाटीका विद्यार्थीले तयार पारेका कलाकृतिको प्रदर्शनी गरिएको हो ।

विद्यार्थीले नेपालको प्राकृतिक सौन्दर्यदेखि सम्पदा तथा पुरातात्विक क्षेत्रलाई चित्रमा उतारेका छन् । उनीहरूले समसामयिकदेखि दैनिक जनजीवन र रहनसहनका सृजना पस्किएका छन् । उनीहरूले स्वयम्भू, बौद्ध, पशुपतिनाथजस्ता महत्वपूर्ण मन्दिर र बौद्ध, गुम्बालाई सृजनामा उतारेका छन् ।

शिक्षामा सीप कार्यक्रमअन्तर्गत काठमाण्डौ महानगरपालिका र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीले कोर्सबुकबाहेक पनि यसरी नयाँ सीप सिकेका हुन् । यो कार्यक्रम काठमाण्डौको मध्य बानेश्वरमा रहेको रत्नराज्य स्कुल, विश्व निकेतन मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, कन्यामन्दिर मावि, शहीदशुक्र मावि, पद्मकन्या मावि, कोटेश्वर सरस्वती माविमा सञ्चालन भएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया