थ्री स्टारद्वारा एन्फाले गरेको निर्णय बदर गर्न पुनरावेदन समितिमा अपिल

 फागुन १४, २०८० सोमबार १२:४१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –थ्री स्टार क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अनुशासन समितिले गरेको कारबाहीको निर्णय बदर गर्न पाउँ भन्दै पुनरावेदन समितिमा अपिल गरेको छ ।अनुशासन समितिको पुस १५ गते बसेको बैठकले थ्री स्टार क्लबका दुई विदेशी खेलाडी अजयी मार्टिन्स र पिटर सेगुनलाई श्रम स्वीकृती भए पनि विना भिसा खेलेको, खेलाएको भन्दै जरिबाना गर्ने निर्णय गरेको थियो ।

एन्फाले विधानको अधिनमा बनेको शहीद स्मारक ए डिभिजन लिग फुटबलको नियमावली समेतको व्यवस्थाका आधारमा मार्टिन्स र सेगुनले आफ्नो दायित्व पूरा नगरेको भन्दै जनही ५० हजार रुपैयाँ जरिबाना गराउने कारबाही भएको थियो । थ्री स्टार क्लबले श्रम स्वीकृति बहाल रहँदै गर्दा पनि श्रम स्वीकृति नलिएको भन्दै खेलाडी र क्लबलाई जरिबाना गर्ने निर्णय त्रुटिपूर्ण रहेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया