प्रहरीले भृकुटीमण्डपबाट हटाउन खोजेपछि सरकार र मिटरब्याज पीडितको वार्ता बिथोलियाे

 फागुन १४, २०८० सोमबार १८:३१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – २३ दिन पैदल हिँडेर काठमाण्डाै आई प्रदर्शन गरिरहेका मिटरब्याज पीडितहरूलाई उनीहरू बसेको भृकुटीमण्डपबाट हटाउन खोजेपछि सरकारसँग आज हुने भनेको वार्ता बिथोलिएको छ ।

गृह मन्त्रालयमा बिहान ११ बजे वार्ता गर्ने तय भएको भए पनि बिहान ९ बजे पीडित बसेकै ठाउँमा प्रहरी पुगेर हटाउन खोजेपछि वार्ता बिथोलिएको सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाहाले जानकारी दिनुभयो ।

गृह मन्त्रालयमा हिजो सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा गठित समितिले मिटरब्याज पीडितका तर्फबाट सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशहवा नेतृत्वको टोलीसँग पहिलो चरणको वार्ता गरेको थियो । दुवै पक्षले एकअर्काको कुरा सुनेपछि आज बिहान ११ बजे फेरि बैठक बस्ने गरी छलफल टुङ्गिएको थियो । तर वार्ताका लागि जानुअघि नै ‘बदनियतपूर्वक’ पीडितहरूलाई लखेट्ने प्रयास भएकाले वार्तामा आफूहरू नगएको उहाँले बताउनुभयो ।

प्रहरीले आफूहरू बसेको ठाउँका सामान हटाउने भएपछि आज आफूहरूको प्रदर्शन पनि रोकेर भृकुटीमण्डपमै बसेको कुशवाहाकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया