ग्यासकाे सिलिन्डर पड्किँदा बारामा १ जनाकाे ज्यान गयाे

 फागुन १४, २०८० सोमबार १८:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बारा – बाराको निगजढ नगरपालिका–७ मा रहेको एउटा वर्कसपमा ग्यासको सिलिन्डर पड्किँदा एक जनाको ज्यान गएको छ ।

ग्यासको सिलिन्डर पड्किँदा निजगढ–५ का ४५ वर्षीय रेशम मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । आज दिउँसो रोहित वर्कसपमा लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किएको थियो ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरूको बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया