म्यानचेष्टर सिटी एफए कपको क्वार्टरफाइनलमा : हालान्डको ५ गोल

 फागुन १६, २०८० बुधबार ९:५९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  एफए कप फुटबलमा म्यानचेष्टर सिटी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई ६–२ ले हराउँदै सिटी अन्तिम आठमा पुगेको हो । खेलमा एर्लिङ हालान्डले पाँच गोल गरे । हालान्डले खेलको ३, १८, ४०, ५५ र ५८औँ मिनेटमा गोल गरेका थिए ।

यस्तै कोभासिकले एक गोल थपे । लुटन टाउनका जोर्डन क्लार्कले दुई गोल गरेका थिए । गएराति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले ब्ल्याकबर्न रोभर्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको छ । यस्तै लेस्टरसिटीले बर्नमाउथलाई १–० ले हराएको छ । लेस्टरसिटीका अब्दुल फटाओले गोल गरेका हुन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया