साढे २८ अङ्कले घटेर शेयर बजार राताम्मे

 फागुन १७, २०८० बिहिबार १६:३२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साढे २८ अङ्कले घटेर शेयर बजार राताम्मे भएको छ । हप्ताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से २८ दशमलव ६८ अङ्कले घटेर एक हजार नाै सय ७२ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै जोशी हाइड्रोपावरको शेयर १० प्रतिशतले तथा अपर साङ्गे र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भएको दिन आज बोटलर्स नेपाल बालाजुको शेयर १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज ७४ लाख ४६ हजार नौ सय कित्ता शेयर दुई अर्ब ५९ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ११ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया