छात्रावासमा मृत भेटिएकी बालिकाको हत्या या आत्महत्या भन्नेबारे अनुसन्धान चल्दै

 फागुन १९, २०८० शनिबार ९:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितवनको रत्ननगर नगरपालिमा पर्ने एकता शिशु निकेतनको छात्रावासभित्र मृत भेटिएकी १४ वर्षीया बालिकाको हत्त्या भएको हो या आत्महत्या भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनका परिवार र आफन्तले हत्या भएको दाबी गरेका छन् । तर पोस्टमार्टम लगायतको रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या भन्न सकिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बताउनुभयो।

एक, दुई दिनमै रिपोर्ट आउने र त्यसपछि हत्या वा आत्महत्या के हो भन्ने खुल्ने उहाँको भनाइ छ । बालिकाको हत्या भएको परिवार र आफन्तले आरोप लगाइरहँदा प्रहरीले बालिकाको सुसाइड नोट फेला पारेको छ । सुुसाइड नोट बालिकाले नै लेखेको हो कि होइन भन्नका लागि फोरेन्सिक जाँच भैरहेको पनि प्रहरीले जनाएको छ ।

गएको शनिवार बालिका कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । घटना भएको तेस्रो दिन आफन्तले दिएको किटानी जाहेरी दर्ता गरेपछि चितवन प्रहरीले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र छात्रावासका वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । मृतक बालिकाका परिवारले हत्या नै भएको भन्दै न्यायका लागि अभियान चलाएका छन् । छात्राहरु बस्ने होस्टलमा पुरुष वार्डेन राखिएकोप्रति परिवार र आफन्तले प्रश्न उठाउँदै आएका छन् ।

गोरखा अजिरकोट गाउँपालिका– ५ स्थायी घर भएकी बालिका दुई वर्षदेखि विद्यालयको छात्रावासमा बसेर पढ्दै आएकी थिइन् । आफन्तका अनुसार बालिकाको बाबुआमाको १० वर्षअघि नै सम्बन्धबिच्छेद भैसकेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया