इलाममा २ वटा वडाकाे मत गनिसक्दा कांग्रेसका खड्काकाे अग्रता कायमै

 बैशाख १६, २०८१ आइतबार १५:५९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इलाम-२ मा भएको प्रतिनिधि सभा सदस्य उपचुनावमा दुई वटा वडाकाे मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले अग्रता कायमै राखेकाे छ ।

फाकफोकथुम गाउँपालिका–१ र २ को २ हजार ८ सय ३६ मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार १ सय ४५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ सय ९ मत प्राप्त गर्नुभएको छ ।

हिजाे शनिवार भएको उपचुनावमा ६९ हजार २ सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । यस क्षेत्रमा १ लाख १५ हजार ८ सय ८९ जना मतदाता थिए । उपचुनावमा १२ वटा राजनीतिक दलका र सात जना स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया