आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा पाकिस्तान ५ विकेटले पराजित

 वैशाख २९, २०८१ शनिबार १०:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा पाकिस्तान ५ विकेटले पराजित भएको छ । हिजोदेखि शुरु भएको दुई देशबीचको तीन खेलको टी–२० क्रिकेट श्रृङ्खलाको पहिलो खेल जितेको घरेलु टोली आयरल्यान्डले श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । पाहुना टोली पाकिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य आयरल्यान्डले १ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । श्रृङ्खलाको दोस्रो खेल भोलि आइतवार र तेस्रो तथा अन्तिम खेल मङ्गलवार हुनेछ । आयरल्यान्ड र पाकिस्तान टी–२० विश्वकपमा एउटै समूहमा छन् । यी दुई टोली रहेको समूह ‘ए’ मा भारत, क्यानडा र अमेरिका छन् ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया