मङ्गलवारसम्म तराई तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

 वैशाख २९, २०८१ शनिबार ७:५१:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आउँदो मङ्गलवारसम्म देशका तराई तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको छ । यो हप्ताको मध्य अर्थात् भोलि आइतवार, पर्सि सोमवार र मङ्गलवारसम्म गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँ तथा बाँकी पहाडी भू–भाग र तराई क्षेत्रका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कृषि–मौसम सल्लाह बुलेटिनमा उल्लेख छ ।

नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा कृषि–मौसम सल्लाह बुलेटिन तयार पार्दै आएको छ । बुलेटिनले हप्ताको शुरुवात शुक्रवार र शनिवार, मध्य आइतवार, सोमवार र मङ्गलवार तथा हप्ताको अन्त्य बुधवार र बिहीवारलाई आधार मान्ने गरेको छ ।

यो हप्ताको साप्ताहिक बुलेटिनमा वर्षे धानबालीबाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाउँ अनुसार सिफारिस गरिएका धानका उन्नत जातको बीउ भरपर्दो स्रोतबाट व्यवस्थापन गर्न किसानलाई सल्लाह छ ।

त्यस्तै पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरु तरकारी भटमास–१, लुम्ले भटमास–१, सेती, पुजा र रेन्सम) राइजोबियम जीवाणुले उपचार गरी लगाउन सुझाव छ । किसानले आवश्यक कृषि र पशुसम्बन्धी समस्या र जिज्ञासाका लागि नार्कको पैसा नलाग्ने फोन नम्बर ११३५ मा हरेक सोमवार दिउँसो दुई बजेदेखि ४ बजेसम्म फोन गरी सम्बन्धित विज्ञबाट सल्लाह पनि लिन सकिने नार्कले जनाएको छ । 

 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया