बैंकहरुबाट हुने कर्जा प्रवाहमा सुधार

 वैशाख ६, २०८२ शनिबार ९:२३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बैंकहरुबाट हुने कर्जा प्रवाहमा सुधार हुँदै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो महिना अर्थात साउनदेखि चैतसम्ममा वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेको छ ।

नेपाल बैंकर्स सङ्घको तथ्याङ्कअनुसार यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७ दशमलव ५० प्रतिशतले बढेर ४९ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।

गएको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । ९ महिनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३ खर्ब ४३ अर्ब रुपैयाँले बढेको हो । यस अवधिमा निक्षेप सङ्कलन ६ दशमलव ३१ प्रतिशतले बढेर ६१ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म वाणिज्य बैंकहरुले ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका थिए । पछिल्लो ९ महिनामा निक्षेप सङ्कलन ३ अर्ब ६३ अर्ब रुपैयाँले बढेको छ ।

सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा ग्लोबल आईएमई बैंक र सबैभन्दा धेरै कर्जा लगानी बढाउनेमा एभरेष्ट बैंक रहेको छ । यस अवधिमा एनआईसी एशिया बैंक र प्रभु बैंकको भने कर्जा लगानी घटेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया