हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको धम्की

 वैशाख ४, २०८२ बिहीबार १८:२६:५१ | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर, एजेन्सी

अमेरिकी सरकारले हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लगाउने धम्की दिएको छ । यसअघि ह्वाइट हाउसका मागहरू पूरा गर्न अस्वीकार गरेको भन्दै ट्रम्प प्रशासनले विश्वविद्यालयका लागि सङ्घीय सरकारले दिने २ अर्ब डलरभन्दा बढी रकम रोक्का गरेकोमा अहिले फेरि धम्की दिएको बीबीसीले जनाएको छ ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले विश्वविद्यालयले राष्ट्रिय सुरक्षालाई खतरामा पारेको र यहूदी विरोधी भावनाको शिकार भएको आरोप लगाउनुभएको छ । गएको हप्ता ह्वाइट हाउसले यहुदीविरोधी भावना नियन्त्रण गर्नका लागि भन्दै हार्भर्डलाई मागहरूको सूची पठाएको थियो ।

ट्रम्प प्रशासनले विश्वविद्यालयको सञ्चालन, कर्मचारी नियुक्तिको अभ्यास र भर्ना प्रक्रियामा परिवर्तन गर्न भनेको थियो । तर हार्भर्डले ती मागहरू मान्न अस्वीकार गर्दै ह्वाइट हाउसले आफूमाथि अङ्कुश लगाउन खोजेको बताएको थियो । हार्भर्डले यहुदीविरोधी भावनालाई नियन्त्रण गर्न धेरै कदम चालेको र ट्रम्प प्रशासनको अहिलेको मागहरू विश्वविद्यालयको बौद्धिक अवस्थालाई नियमन गर्ने प्रयास भएको भनेको थियो ।

गएको वर्ष गाजा युद्ध र इजरायललाई अमेरिकाले प्रदान गरेको समर्थनको विरोधमा भएका प्रदर्शनहरूका क्रममा अग्रणी विश्वविद्यालयहरूले यहुदी विद्यार्थीलाई सुरक्षा प्रदान गर्न विफल भएको आरोप ट्रम्पले लगाउँदै आउनुभएको छ ।

ट्रम्पले हार्भर्डको बहुमूल्य कर छुट पनि हटाउने धम्की दिनुभएको छ जसले गर्दा हार्भर्डलाई प्रत्येक वर्ष लाखौं डलरको नोक्सानी हुनसक्छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया