कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानबीच अन्तिम तथा निर्णायक खेल हुँदैछ । तर खेल वर्षाले प्रभावित हुँदा अहिलेसम्म टस हुन सकेको छैन ।
यो खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी मैदानमा शुरु हुनुपर्ने थियो । अहिले मैदान भिजेका कारण टसमा ढिलाइ भएको छ । आजको खेल सम्भव नभए दुवै टोलीले एक/एक अङ्क बाँड्नेछन् ।
त्यसो हुँदा नेट रनरेटका अगाडि रहेको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ । उसले जिम्बावे र नामिबियामा अर्को वर्ष हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ ।
प्रतियोगितामा नेपाल र अफगानिस्तानले यसअघिका तीन वटै खेल जितेका छन् । नेपालले यूएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले हराएको थियो ।
यस्तै अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनले हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।