कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
अमेरिकाले आउँदो महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिकाले केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ ।
अमेरिकी रक्षा सचिवको निर्देशनअनुसार अब ती सैनिकलाई फिर्ता ल्याउने तथा सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया शुरु गरेको पेन्टागनका प्रवक्ता सीन पार्नेललाई उद्धृत गर्दै एएफपीले जनाएको छ । पार्नेलका अनुसार यो निर्णयसँगै अमेरिकाको सिरियामा रहेको सैन्य उपस्थिति क्रमशः घटाइनेछ ।
यद्यपि, अमेरिकाले आईएसविरुद्धको आक्रमण जारी राख्ने र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता कायमै रहेको पनि प्रवक्ता पार्नेलले बताउनुभयो । आईएसले सन् २०१४ मा आक्रामक गतिविधि शुरु गरेपछि अमेरिकी नेतृत्वमा स्थानीय सेनाहरूलाई सहयोग पुर्याउँदै आतङ्कवादी समूहविरुद्ध अभियान थालिएको थियो ।
अभियानका क्रममा अमेरिकी सेनाले प्रत्यक्ष रूपमा लडाइँमा सहभागिता जनाएका थिए भने हजारौं सैनिक तथा कर्मचारीहरूलाई सहयोगका लागि खटाइएको थियो । इराकी प्रधानमन्त्रीले सन् २०१७ को डिसेम्बरमा आईएसमाथि विजयको घोषणा गर्नुभएको थियो । तर पनि अहिले केही ग्रामीण क्षेत्रमा आईएसका लडाकु सक्रिय रहेका कारण अमेरिकी सेनाले समय–समयमा आवश्यक कारबाही जारी राखिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।