ब्राजिलका खेलाडी कार्लोसको नेपाल भ्रमण स्थगित

 वैशाख ५, २०८२ शुक्रबार ९:५४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ब्राजिलका खेलाडी रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित भएको छ । नेपालको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएल हेर्न पूर्व निर्धारित समयमा कार्लोस नेपाल नआउने भएका हुन् ।

आकस्मिक बिरामीका कारण कार्लोस नेपाल आउन नसक्ने भएका एनएसएलले जनाएको छ । उनी भोलि एनएसएलको पहिलो सेमिफाइनलमा प्रमुख अतिथीको रुपमा नेपाल आउने कार्यक्रम तय गरिएको थियो । अर्को समय तालिकाको लागि कार्लोसको टिमसँग छलफल भइरहेको एनएसएलले जनाएको छ ।

ब्राजिली लिजेण्ड कार्लोस हेर्ने र भेट्ने ईच्छासहित टिकट लिएका दर्शक र समर्थकका लागि एनएसएलले टिकट रद्ध गरेर पैसा फिर्ता लिने वा अर्को तालिकामा कार्लोसलाई हेर्ने विल्कप दिइएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया