नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल

 वैशाख ६, २०८२ शनिबार १४:४२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल भएको छ । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल र अफगानिस्तानबीच आजको खेल वर्षाका कारण रद्द भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।

अर्को वर्ष जिम्बावे र नामिबियामा हुने १९ वर्षमुनिको विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने थियो । अफगानिस्तानलाई बराबरीले पनि पुग्थ्यो । तर हिजो बेलुकादेखि बिहानसम्म भएको वर्षाले मूलपानी मैदान भिजेर खेल सञ्चालन हुन ढिलाइ भएको थियो । ३० यार्ड सर्कलभित्रको मैदान सबै सुके पनि बाउन्ड्री लाइन छेउछाउको मैदान नसुकेका कारण म्याच रेफ्री तथा अम्पायरहरुले कम्तीमा २०–२० ओभरको खेल हुन पनि सम्भव नभएको बताउँदै खेल रद्द गरेका हुन् ।

नेपाल र अफगानिस्तान पहिलो तीन खेल जितेर निर्णायक अवस्थामा आइपुगेका थिए । नेट रन रेटमा अफगानिस्तान अघि थियो । नेपाल, ओमान, यूएई अफगानिस्तान र हङकङ सहभागी यो प्रतियोगिता विजेता टोली १९ वर्षमुनिकाे विश्वकपमा पुग्ने व्यवस्था थियो । नेपालले गएको वर्ष दक्षिण अफ्रिकामा भएको आईसीसी १९ वर्षमुनिकाे विश्वकपमा अफगानिस्तानलाई एक विकेटले पराजित गरेको थियो ।

त्यसपछि नोभेम्बरमा यूएईमा भएको एशिया कपमा पनि नेपालले अफगानिस्तानलाई जितेको थियो । यो प्रतियोगिता अघि नेपाल र अफगानिस्तानका १९ वर्षमुनिका टोलीले तीन खेलको शृङ्खला खेलेकामा अफगानिस्तान २–१ ले विजयी भएको थियो । नेपालले यसअघि आठ पटक आईसीसी १९ वर्षामुनिको विश्वकप खेलिसकेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया