सरकार र मिटरब्याजपीडितबीच आज फेरि वार्ताको तयारी

 फागुन १९, २०८० शनिबार ९:११:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकार र आन्दोलनरत मिटरब्याज पीडितको हिजो भएको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन् । हिजो बेलुकी भएको वार्ता सकारात्मक रहेको र आज फेरि छलफल गर्नेगरी टुङ्गिएको मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका प्रवक्ता निर्ग नवीनले जानकारी दिनुभयो । यसअघिका वार्ता भन्दा सरकार अलि जिम्मेवार ढङ्गले प्रस्तुत भएको उहाँको भनाइ छ ।

आज वार्ता हुने भनिए पनि समयको टुङ्गो नलागेको उहाँले बताउनुभयो । अधिकारसम्पन्न आयोग गठनलगायतका माग राख्दै २३ दिन हिँडेर काठमाण्डौ आइपुगेका मिटरब्याज पीडितले केही दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

उनीहरुले फर्जी लिखत, तमसुक, दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गर्नुपर्ने, साहूले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया