अपाङ्गता भएका महिलाको राष्ट्रिय सम्मेलन काठमाण्डौमा

 फागुन १९, २०८० शनिबार ९:१२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन काठमाण्डौमा हिजोदेखि शुरु भएको छ । ‘मलाइ पनि तिमिसँगै गणना गर ः मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ शुरु भएको सम्मेलन काठमाण्डौ घोषणापत्र जारी गरी भोली आइतवार समापन हुनेछ ।

कार्यक्रममा सात वटै प्रदेशबाट ३६ जना अपाङ्गता भएका महिला र महिला एवम् अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय स्तरका संघसंस्थाका प्रतिनिधिको सहभागिता छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला र अपाङ्गताका क्षेत्रमा काम गर्दै आएका संस्थाहरु दलित महिला सङ्घ, राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला सङ्घ नेपाल, नेत्रहीन महिला सङ्घ नेपाल, एक्सेस प्लानेट नेपाल र पहिचान नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

सम्मेलनको प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले उद्घाटन गर्नुभयो । उहाँले अपाङ्गता भएका महिलाका सवालमा आफू चिन्तित रहेको र आफ्नो तर्फबाट नीतिगत तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । महिला दिवस आउँदो २५ गते मनाइँदैछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया