काठमाण्डौको टोखामा कपडा बैङ्क सञ्चालन

 फागुन १९, २०८० शनिबार ९:३५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाण्डौ – काठमाण्डौको टोखा नगरपालिकामा कपडा बैङ्क सञ्चालनमा आएको छ । नगरपालिकाको सहयोगमा क्लोथ एन्ड फुड बैङ्क नेपालको सहकार्यमा ‘कपडा बैङ्क’को शुभारम्भ गरिएको हो । टोखाका मेयर प्रकाश अधिकारीले देशभरबाट प्रयोगमा नआएका कपडा सङ्कलन गरेर पुनःचक्रण गरी विपन्न तथा गरिब मानिसमाझ पुर्‍याउने उद्देश्यका साथ अभियान शुरु गरिएको बताउनुभयो ।

प्राप्त हुने कपडाहरु रिसाइकल गरी जसले कपडा किन्न सक्दैनन् उनीहरुलाई दिइने प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताउनुभयो । उहाँका अनुसार गरिब तथा विपन्नलाई दिइने कपडा निःशुल्क र गुणस्तरीय नै हुनेछन् । क्लोथ एन्ड फुड बैङ्कका प्रमुख कमल बिसीले पुरानो कपडा पुनः प्रयोगलाई जोड दिएर यो कार्यक्रम अभियानका रुपमा थालिएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया