लमजुङकाे बेसीसहर–चामे सडक आज दिउँसाे २ बजेदेखि भाेलि बिहान १० बजेसम्म बन्द हुने

 फागुन १९, २०८० शनिबार १२:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

लमजुङ – पहाडी जिल्ला लमजुङ र हिमालपारिको जिल्ला मनाङलाई जोड्ने बेसीसहर–चामे सडक आज दिउँसोदेखि भोलि बिहानसम्म बन्द हुने भएको छ । नासोँ गाउँपालिका–९ दानाक्यु नजिकै सडक मर्मतका लागि आज दिउँसो २ बजेदेखि भोलि बिहान १० बजेसम्मका लागि सडक बन्द गर्न लागेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

सडकको ढलान भत्किएर जोखिम भएकाले बन्द गरेर मर्मतको काम हुँदैछ । यो अवधिमा गाडी आउजाउ ठप्प हुनेछन् । डुम्रे–बेसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले दानाक्यु नजिकै कल्भटको वरिपरि भत्किएको र बाटोमा ढुङ्गा निस्किएकाले मर्मत गर्न लागिएको बताउनुभयो ।

वैकल्पिक सडक नहुँदा गाडी बन्द गर्नुको विकल्प छैन । मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुसार २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली–तनहुँ शाखाले बेसीसहर–चामे सडक निर्माण अघि बढाएको थियो । नेपाली सेनाले २०६९ सालमा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । यो सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया