पोखरा–जोमसोम हवाई सेवा ३ महिनापछि सञ्चालनमा

 फागुन १९, २०८० शनिबार १२:६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कास्कीकाे पोखरा र मुस्ताङको जोमसोम हवाई सेवा तीन महिनापछि सञ्चालनमा आएको छ ।

पोखरादेखि मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गएको मङ्सिर दोस्रो हप्तापछि बन्द भएको थियो । समिट एअरलाइन्सले हिजोदेखि उडान भर्न थालेको छ ।

तारा एअरलाइन्सले केही दिनमै पोखरा–जोमसोम उडानको तयारी गरेको जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले बताउनुभयो । मौसममा सुधार हुन थालेको र पर्यटकीय याम शुर भएकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

यो हवाई उडानबाट स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज हुन्छ । अहिले म्याग्दीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।

अघिल्लो वर्ष सन् २०२३ मा ९१ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया