नेपालले नेदरल्यान्ड्सलाई १ सय २० रनमा अल आउट गर्‍याे

 फागुन १९, २०८० शनिबार १३:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई १ सय २० रनमा अल आउट गरेकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटियाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सबैभन्दा धेरै ३१ रन बनाए । नेपालका प्रतिस जिसीले ३ तथा करण केसी र कुशल मल्लले समान २ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया