नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० शृङ्खलाकाे फाइनलमा

 फागुन १९, २०८० शनिबार १४:३६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा पुगेकाे छ । आज भएकाे खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल उपाधि नजिकै पुगेकाे हाे ।

नेदरल्यान्ड्सले दिएकाे १ सय २१ रनकाे लक्ष्य नेपालले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै गुल्सन झा ३८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभान किङ्गमाले ३ विकेट लिए । 

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटियाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सबैभन्दा धेरै ३१ रन बनाए । नेपालका प्रतिस जिसीले ३ तथा करण केसी र कुशल मल्लले समान २ विकेट लिए ।

यो जितसँगै नेपालको ४ अङ्क भएको छ र फाइनल खेल्ने पक्का भएको छ । शृङ्खलाकाे अन्तिम खेलमा भोलि नेदरल्यान्ड्स र नामिबियाले खेल्नेछन् । नेदरल्यान्ड्सले जितेमा ६ अङ्कसहित ऊ नै फाइनलमा पुग्नेछ । तर नामिबियाले जितेमा भने नेदरल्यान्ड्सकाे रन रेट  घट्नेछ । रन रेटका आधारमा नामिबिया र नेदरल्यान्ड्समध्ये एउटा टोली फाइनलमा पुग्नेछ । फाइनल खेल मङ्गलवार हुनेछ ।

*नेपाल फाइनलमा प्रवेश हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ– सम्पादक ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया