कालीकोटमा लक्ष्य भन्दा दुई प्रतिशत धेरै बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाए

 फागुन २०, २०८० आइतबार १२:१८:२२ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकोटमा लक्ष्य भन्दा दुई प्रतिशत धेरै बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएका छन् ।

जिल्लाभर १७ हजार चार सय ३८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएकोमा १७ हजार आठ सय ३५ जना बालबालिकालाई खोप लगाएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख सङ्केत विश्वकर्माले जानकारी दिनुभयो । कालीकोटमा फागुन १७ देखि १९ गतेसम्म खोप अभियान सञ्चालन गरेको हो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया