महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर नेपाल प्रहरीको सुरक्षा योजना सार्वजनिक

 फागुन २४, २०८० बिहिबार १८:१७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल प्रहरीले महाशिवरात्रि पर्वका लागि सुरक्षा योजना सार्वजनिक गरेको छ । भोलि पशुपतिनाथ मन्दिर परिसरमा मेला लाग्ने र मेलामा स्वदेशी तथा विदेशी भक्तजनहरूको भिड हुने भएकाले सुरक्षा योजना लागू गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । सुरक्षा योजना फागुन २६ गतेसम्म लागू हुनेछ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारीको कमान्डमा प्रहरी परिचालन हुनेछ । मेलामा कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती स्टाइकिङ, ड्रोन, सीसीटीभी क्यामेरा, बडी वर्न क्यामेरा लगायतका प्रविधिमार्फत् निगरानी गरिने प्रहरीले जनाएको छ । त्यस्तै नेपाल प्रहरी अस्पतालबाट डाक्टर सहितको एम्बुलेन्स रहनेछ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया