झापा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा आज आर्मीले एपीएफसँग खेल्दै

 फागुन २५, २०८० शुक्रबार १२:२४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – झापा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल शुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा आज शसस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । यो खेल दिउँसो २ बजेपछि विर्तामोडको डोमालाल राजवंशी मैदानमा शुरु हुनेछ ।

दोस्रो सेमिफाइनलमा भोलि झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । नारी दिवसको अवसरमा आज महिलालाई निःशुल्क खेल हेर्न दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले १३ लाख र उपविजेता टिमले नगद ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया