बालकुमारी मन्दिरकाे पुनर्निर्माणपछि उद्घाटन

 फागुन ३०, २०८० बुधबार १६:१५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

ललितपुर — पाटनमा रहेको बालकुमारीको मन्दिरको पुनर्निर्माणपछि उद्घाटन भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज मन्दिरको उद्घाटन गर्नुभएको हो ।

मन्दिरको उद्घाटनपछि राष्ट्रपति पौडेलले काठमाण्डौ, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले पर्यटनको विकासका लागि हाम्रा कला र संस्कृति विश्वमा आकर्षणको केन्द्र बनेकाले यिनको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बालकुमारी मन्दिरको पुनर्निर्माणमा ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको महानगरका मेयर चिरीबाबु महर्जनले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया